बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ११ हजार नाघ्यो, कुन प्रदेशमा कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 18, 2021 | 02:58:19 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ११ हजार नाघेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०७८ असोज महिनाको अन्तिमसम्ममा नेपालमा बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ११ हजार ३९ पुगेको हो । भदौ महिनासम्ममा यो संख्या १० हजार ८ सय ८२ थियो ।

हाल नेपालमा २७ वटा बाणिज्य बैंक, २८ वटा विकास बैंक, १७ वटा फाइनान्स, ६९ वटा लघुवित्त र एउटा पूर्वाधार विकास बैंक रहेको छ । हालसम्म वाणिज्य बैंकहरुको कुल शाखा ४८ सय २२, विकास बैंकहरुको कुल शाखा १ हजार ३६, फाइनान्सहरुको कुल शाखा २४३, र लघुवित्तहरुको कुल शाखा ४ हजार ९ सय ३८ रहेको छ । पूर्वाधार विकास बैंकको रुपमा रहेको निफ्राको भने शाखा छैन ।

राष्ट्र बैंकको तथ्यांक अनुसार वाणिज्य बैंक, विकास बैंक , र फाइनान्सको कुल शाखा ६ हजार १ सय १ रहेको छ भने प्रति शाखाले ४ हजार ९ सय ७९ जना जनसंख्यालाई सेवा प्रदान गरिरहेको छ । त्यस्तै वाणिज्य बैंक, विकास बैंक , फाइनान्स र लघुवित्तको कुल शाखा ११ हजार ३९ रहेको छ भने प्रति शाखाले २ हजार ७ सय ५२ जना जनसंख्यालाई सेवा प्रदान गरिरहेको छ ।

प्रदेश १ मा वाणिज्य बैंकको ७३७, विकास बैंकको १७९, फाइनान्सको २९, र लघुवित्तको ८३४ गरि कुल १७७९ शाखा रहेका छन् । त्यस्तै प्रदेश २ मा  वाणिज्य बैंकको ५५ , विकास बैंकको ८१ , फाइनान्सको २९, र लघुवित्तको ६६५ गरि कुल १६६० शाखा रहेका छन् । बागमती प्रदेशमा  वाणिज्य बैंकको १७०४ , विकास बैंकको ३०२ , फाइनान्सको ९९ , र लघुवित्तको ७२९ गरि कुल २१०५ शाखा रहेका छन् । गण्डकी प्रदेशमा  वाणिज्य बैंकको ५८६ , विकास बैंकको १८२ , फाइनान्सको ३५ , र लघुवित्तको ५८५ गरि कुल १३८८ शाखा रहेका छन् ।

लुम्बिनी प्रदेशमा  वाणिज्य बैंकको ७२८ , विकास बैंकको २२९ , फाइनान्सको ४२ , र लघुवित्तको ११४७ गरि कुल २१४६ शाखा रहेका छन् । कर्णाली प्रदेशमा वाणिज्य बैंकको १९२ , विकास बैंकको १७ , फाइनान्सको ३ , र लघुवित्तको २१६ गरि कुल ४२८ शाखा रहेका छन् । सुदुरपश्चिम प्रदेशमा  वाणिज्य बैंकको ३२० , विकास बैंकको ४६ , फाइनान्सको ६ , र लघुवित्तको ४३२ गरि कुल ८०४ शाखा रहेका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved