गैरआवासीय नेपालीले नेपालका बैंकमा बचत खाता खोल्न सक्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2021 | 10:19:28 AM मा प्रकाशित

laxmi  sunrise bank

गैरआवासीय नेपालीले नेपालका बैंकमा विदेशी मुद्राको बचत खाता खोल्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा कार्यान्वयनका लागि एकीकृत निर्देशन जारी गर्दै गैरआवासीय नेपालीले बचत खाता खोल्न सक्ने व्यवस्था गरेको हो ।

व्यवस्था अनुसार यस्तो खाता खोल्ने गैरआवासीय नेपालीले न्यूनतम ५ हजार अमेरिकी डलर खातामा राख्नुपर्नेछ । गैरआवासी नेपालीको नाममा संयुक्त रुपमासमेत यस्तो खाता खोल्न सकिनेछ । 

यस्तो खाता खोल्दा तथा सञ्चालन गर्दा नेपाल सरकारको आधिकारिक निकायबाट जारी भएको गैरआवासी नेपालीको अद्यावधिक परिचय पत्रको प्रतिलिपि चाहिन्छ । राष्ट्र बैंकका अनुसार यस्तो खातामा रहेको निक्षेप फिर्ता गर्दा निक्षेपकर्ताले जम्मा गरेको मुद्रा र निक्षेप प्राप्त भएको देश फरक नपर्ने गरी निक्षेपकर्ताको नाममा विदेशका बैंकमा खोलिएको खातामा फिर्ता पठाउनुपर्नेछ ।

यस्तो खातामा नगद जम्मा नहुने र बैंकिङ प्रणालीबाट मात्रै रकम जम्मा गर्न र निकाल्न सकिनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved