हिमालयन बैंकद्वारा विद्यार्थीलाई छात्रवृत्ति प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2021 | 04:03:22 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंक Himalayan Bank Limited को कावासोती शाखाले शिव नमूना माबिमा अध्ययनरत निम्न आय भएका तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग स्वरुप मासिक छात्रवृत्ति तथा स्टेशनरी प्रदान गरेको छ । 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयको ४८औं वार्षिकोत्सवको अवसर पारेर उक्त सहायता प्रदान गरको हो । बैंकले कक्षा १ देखि १२ सम्म अध्ययनरत २४ जना विद्यार्थीहरुलाई ६ महिनाको छात्रवृत्ति (मासिक तथा भर्ना शुल्क) तथा कक्षा नर्सरी देखि १२ सम्म अध्ययनरत २४ जना विद्यार्थीहरुलाई स्टेशनरी सामान प्रदान गरेको हो । 

उक्त सहयोग बैंकका कावासोती शाखाका शाखा प्रबन्धक आत्माराम गौतमले विद्यार्थीहरुलाई हस्तान्तरण गरेका हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved