१० कमर्शियल बैंकको नाफा अर्ब बढी, एनआईसी एसियाले डेढ अर्ब मुनाफा गर्दा अरुको कति ? (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 19, 2021 | 10:45:27 PM मा प्रकाशित

laxmi  sunrise bank

चालू आर्थिक बर्षको पहिलो चार महिनामा २७ वटा कमर्शियल बैंकहरुले २३ अर्ब ५२ करोड ९० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन्। जसमा सबैभन्दा बढी एनआईसी एसियाले सबै भन्दा बढी मुनाफा आर्जन गरेको छ भने सबैभन्दा कम सेन्चुरी कमर्शियल बैंकले आर्जन गरेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। 

एनआईसी एसियाले चालू आर्थिक बर्षको पहिलो चार महिनामा १ अर्ब ५९ करोड ९९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। जुन बैंकहरुमै सबैभन्दा बढी हो। त्यस्तै सबैभन्दा कम खुद मुनाफा आर्जन गरेको सेन्चुरी कमर्शियल बैंकले ३१ करोड ४२ लाख आर्जन गरेको छ। एनआईसी एसियालाई पछ्याएको नबिल बैंकले चार महिनामा १ अर्ब ५५ करोड ६१ लाख खुद मुनाफा आर्जन गरेको छ।  

चालू आर्थिक बर्षको पहिलो चार महिना अर्थात कात्तिक मसान्तसम्म १० वटा कमर्शियल बैंकले अर्ब माथि खुद मुनाफा आर्जन गरेका छन्। यसरी अर्ब माथि खुद मुनाफा आर्जन गर्ने बैंकहरुमा एनआईसी एसिया, नबिल, ग्लोबल आइएमई, राष्ट्रिय बाणिज्य, प्राइम कमर्शियल, एनएमबि, सिद्दार्थ, नेपाल इन्भेष्टमेन्ट, मेगा र प्रभु बैंक रहेका छन्। 

पहिलो ४ महिनामा २७ कमर्शियल बैंकको खुद मुनाफाको सुची 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved