सिटिजन्सको शाखारहित बैंकिङ सेवा नवलपरासीको जर्गाहामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2021 | 04:06:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited ले नवलपरासीको सुनवल नगरपालिका, जर्गाहामा आफ्नो ८९ औँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी लक्ष्मण आचार्य लाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । 

यस शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । 

सिटिजन्स बैंकले हाल १७४ शाखा, १२३ ए.टि.एम. र ८९ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved