राष्ट्र बैंकद्वारा डलर सटहीमा कडाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2021 | 08:40:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले डलर सटहीमा कडाई गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय ब्यबस्थापन विभागले बुधबार एक निर्देशन जारी गर्दै डलर सटहीमा  कडाई गरेको हो 

जस अनुसार अब भारत बाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानीबापत प्रति पटक अमेरिकी डलर १,५००।- वा सो बराबरको परिवर्त्य विदेशी मुद्रासम्म सटही सुविधा दिन सकिनेछ । तर, यस्तो सटही सुविधा एक वर्षमा २ पटकमा नबढ्ने गरी मात्र प्रदान गर्न सकिने ब्यबस्था राष्ट्र बैंकले गरेको छ।

त्यस्तै अब राहदानी वापतको सटही सुविधा प्रदान गर्दा  निवेदन फाराम भराई लिनु पर्नेछ । सटही सुविधा उपलब्ध गराउँदा श्रोतको स्वघोषणा लिनु पर्नेछ ।  राहदानीबापतको सटही सुविधा उपलब्ध गराउँदा सम्भव भएसम्म राहदानी बाहक स्वयम् उपस्थित हुनु पर्ने ब्यबस्था राष्ट्र बैंकले गरेको छ । निवेदनको व्यहोरा निम्न अनुसार कायम गरिएको छ ।

' मैले यस राहदानी वापत सटही लिएको एक महिनाभित्र उद्देश्य बमोजिम विदेश यात्रा नगरेमा सो विदेशी मुद्रा बैंकमा दाखिला गर्नेछु । साथै, यस पटकको विदेश भ्रमणको लागि तोकिएको सीमाभन्दा बढी हुने गरी राहदानी वापतको सटही सुविधा अन्य कुनै पनि संस्थाबाट नलिएको र सटही वापतको रकम वैध श्रोतबाट प्राप्त भएको व्यहोरा समेत अनुरोध गर्दछु । झुट्टा विवरण पेश गरी सटही लिएको ठहरेमा प्रचलित ऐन, कानून बमोजिम सजायको भागीदार स्वयम् हुनेछु ।'

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved