आज बिहिबार सार्वजनिक विदा भए पनि आरआरटीजीएस प्रणाली सुचारु रहने भएको छ । सरकारले आज तमु ल्होसारको अवसरमा सार्वजनिक विदा दिए पनि नेपाल राष्ट्र बैंकले सुचना जारी गर्दै आरआरटीजीएस प्रणाली सुचारु रहने जनाएको हो ।
२०७८ पौष १ गते बोलकबोल मार्फत जारी गरिएको रिपोको असुली प्रयोजनका लागि २०७८ पौष १५ गते बिहिवार बिहान १०:०० बजेदेखि १२:०० बजेसम्म यो प्रणाली संचालन हुने राष्ट्र बैंकले जनाएको हो।
आरटीजीएस भनेको रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस) नामको भुक्तानी सेवा हो । यसमा भुक्तानीका लागि चेक आवश्यक पर्दैन। सेवाग्राहीले चेक नकाटी त्यसको सट्टामा एउटा निवेदनको आधारमा तत्कालै रकम भुक्तनी गर्न सकिन्छ। आरटीजीएस प्रणालीमा २ लाखभन्दा बढीको भुक्तानी गर्न चेक काट्नु पर्दैन । यो प्रणाली भनेको एक बैंक खाताबाट अर्को बैंक खातामा वास्तविक समयमा रकमान्तर (Fund Transfer) गर्ने स्वचालित विद्युतीय भुक्तानी प्रणाली हो । यस प्रणालीबाट हने कारोबार सामान्यतयाः केही मिनेटमै सम्पन्न हुन्छ । र्सवसाधारण ग्राहकको तर्फबाट प्राप्त भुक्तानी आदेशहरू बैंक तथा वित्तीय संस्थामा प्राप्त भएको ३० मिनेटभित्र सम्पन्न गरिसक्नु पर्ने व्यवस्था रहेको छ ।