जनकपुर प्रादेशिक अस्पतालमा मेगा बैंकको एक्सटेन्सन काउन्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2022 | 02:01:03 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक Mega Bank Nepal Limited ले धनुषाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर १० स्थित प्रदेश नम्बर २ को प्रादेशिक अस्पतालमा मेगा बैंकले शुक्रबार एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । 

प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. प्रमोदकुमार यादवले एक्सटेन्सन काउन्टरको उद्घाटन गर्दै अस्पतालको सबै सेवाको आर्थिक कारोबार अब बैंकमार्फत नै हुने भएकाले बिरामीलाई सहज हुने र अस्पताललाई पनि आर्थिक पारदर्शितामा सहज हुने बताए । कार्यक्रममा बैंकका प्रदेश नम्बर २ प्रमुख यसपाल कुमार तिब्रेवाल र अस्पतालका विभिन्न विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो ।

मेगा बैंकका २०३ वटा शाखा र २५ वटा एक्सटेन्सन काउन्टरहरु सञ्चालित छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved