मङ्सिरमा कनेक्ट आईपीएसबाट २ खर्ब बढीको कारोबार, एटिएमबाट ५९ अर्ब निकालियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2022 | 05:40:45 PM मा प्रकाशित

laxmi  sunrise bank

मङ्सिर महिनामा कनेक्ट आईपीएस मार्फत २ खर्ब बढी कारोबार भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार मङ्सिर महिनामा कनेक्ट आईपीएस मार्फत २ खर्ब २८ अर्बको कारोबार भएको हो । कार्तिक महिनामा कनेक्ट आईपीएस मार्फत २ खर्ब ३ अर्बको कारोबार भएको थियो । 

राष्ट्र बैंकका अनुसार मङ्सिर महिनासम्ममा  कनेक्ट आईपीएसका ग्राहक ७ लाख ४० हजार पुगेका छन् । कार्तिक महिनामा यो संख्यामा ७ लाख १६ हजार थियो । 

त्यस्तै मङ्सिरमा वालेटमार्फत १५ अर्ब ५२ करोडको कारोबार भएको छ । कार्तिक महिनामा यो रकम १३ अर्ब ९४ करोड रहेको थियो । क्युआर कोड मार्फत भने मङ्सिरमा ६ अर्ब २८ करोडको कारोबार भएको छ । कार्तिकमा क्युआर कोड मार्फत भएको कारोबार ५ अर्ब ३६ करोड रहेको थियो । 

मङ्सिर महिनामा एटिएम मार्फत हुने कारोबार भने घटेको छ । कार्तिकमा एटिएमबाट ६२ अर्ब ८१ करोड नगद निकालिएकोमा मङ्सिरमा भने ५९ अर्ब ९० करोड नगद निकालिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved