वित्तीय साक्षरता मार्गदर्शन जारी, बैंकहरुले शेयर बजारबारे पनि साक्षरता सामग्री बनाउनु पर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2022 | 03:33:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले  वित्तीय साक्षरता मार्गदर्शन, २०७८ जारी गरेको छ । विभिन्न ५ वटा उदेश्य सहित राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको लागि मार्गदर्शन जारी गरेको हो । 

वित्तीय साक्षरताको अभियानमा नेपाल राष्ट्र बैंकको साथै इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको समेत भूमिका वृद्धि गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरी बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्न विभिन्न निर्देशनहरु जारी गर्दै आएको छ । यद्यपि, विभिन्न संस्थाका छरिएका कार्यक्रमबाट वित्तीय साक्षरता प्रवर्द्धन अभियानले अपेक्षित गति लिन नसकेको हुँदा यस्ता कार्यक्रमलाई थप व्यवस्थित र समन्वयात्मक ढंगले एकीकृत रूपमा अघि बढाउन वित्तीय साक्षरता ढाँचा (Financial Literacy Framework) जारी भएको सन्दर्भमा इजाजतपत्रप्राप्त संस्थाहरूका गतिविधि सोही ढाँचाअनुरूप नियमित र व्यवस्थित बनाउने उद्देश्यले वित्तीय साक्षरता मार्गदर्शन, जारी गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ।

मार्गदर्शनको उदेश्यमा वित्तीय साक्षरताको लागि आवश्यक संस्थागत पूर्वाधार निर्माण गर्ने, लक्षित वर्ग केन्द्रित वित्तीय साक्षरता अध्ययन सामग्रीको प्रयोग सुनिश्चित गर्ने, वित्तीय साक्षरता कार्यक्रमको अनुगमनका लागि आधार निर्माण गर्ने, वित्तीय चेतना, ज्ञान र सीपको अभिवृद्धि गर्दै जिम्मेवार वित्तीय आचरणको विकास गर्ने र  आधुनिक वित्तीय प्रविधिको प्रयोगलाई सरल, सहज र प्रभावकारी बनाउने रहेका छन्।

मार्गदर्शन अनुसार बैंक वित्तीय संस्थाहरुले वित्तीय साक्षरता अभिवृद्धिको लागि विभिन्न प्रकारका कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्नुपर्दछ । वित्तीय ज्ञानको अभाव भएका व्यक्तिलाई औपचारिक वित्तीय प्रणालीमा समेट्नुका साथै सामान्य वित्तीय जानकारी भएका व्यक्तिलाई नयाँ वित्तीय अवधारणाको जानकारी गराउँदै वित्तीय प्रणाली प्रति अभ्यस्त बनाई धेरैभन्दा धेरै नागरिकमा औपचारिक वित्तीय प्रणालीमा पहुँच पुयाउने अभिप्रायले वित्तीय चेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्नेछ । वित्तीय साक्षरता कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक संरचनाको विकास गर्ने र लक्षित वर्गका लागि उपयुक्त हुने गरी वित्तीय ज्ञानका विविध क्षेत्र समेटी व्यवस्थित रूपमा योजना तयार गर्नुपर्नेछ । यसरी योजना तयार गर्दा प्रत्येक लक्षित वर्गको वित्तीय ज्ञान (Knowledge), सीप (Skill), मनोवृत्ति (Attitude) र व्यवहार (Behaviour) परिवर्तनको लागि सैद्धान्तिक एवम् व्यावहारिक पक्ष समेटी  चार तहमा कार्यक्रम संचालन गर्नुपर्नेछ । संस्थाको योजनाको उचित कार्यान्वयनका साथै कार्यक्रमको नियमित अनुगमन तथा रिपोर्टिङका लागि संस्थाले पूर्ण प्रतिवद्धता व्यक्त गर्नुपर्नेछ।

त्यस्तै इजाजतपत्र प्राप्त संस्थाले राष्ट्र बैंकबाट जारी वित्तीय साक्षरता ढाँचा (Financial Literacy Framework) अनुरूप वित्तीय साक्षरता कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि ग्राहकको वर्गीकरण गर्नुपर्नेछ। जसमा नियमित आम्दानी प्राप्त गर्ने (रोजगार), निश्चित आम्दानी नभएका (कृषक, साना उद्यमी),  विद्यार्थी (माध्यमिक र उच्च माध्यमिक तहका विद्यार्थी) , महिला र  विप्रेषण प्रापक रहेका छन् । 

राष्ट्र बैंकले लक्षित वर्ग अनुरूप सञ्चालन गरिने वित्तीय साक्षरता कार्यक्रममा समावेश गर्न सकिने तहगत विषयवस्तु पनि तोकेको छ  ।  जसमा नियमित आम्दानी गर्ने लक्षित वर्गको लागि धितोपत्र बजारको विषय समावेश गरिएको छ  । यस अन्तर्गत धितोपत्र बजार संचालनसम्बन्धी जानकारी, प्राथमिक तथा दोश्रोबजारको जोखिम तथा आम्दानी, धितोपत्र लगानीमा विश्वास, र धितोपत्र बजारमा लगानी विषय समेटिएका छन् । 

 मार्गदर्शनको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नु होला । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved