एचआईडिसीएलसहितका संस्थाको सुपरिवेक्षणको लागि राष्ट्र बैंकले बनायो छुट्टै विभाग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2022 | 03:06:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले हाइड्रो ईलेक्ट्रिसिटी ईन्भेष्टमेण्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल) जस्ता गैर-बैंक वित्तीय संस्थाको सुपरिवेक्षण गर्नको लागि छुट्टै विभाग गठन गरेको छ । राष्ट्र बैंकले 'गैर-बैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग' गठन गरेको छ ।

यस विभागले विदेशी विनिमय कारोवार गर्न ईजाजतपत्र प्राप्त संस्थाहरु, हायर पर्चेज कारोबार गर्ने कम्पनीहरु, हाइड्रो ईलेक्ट्रिसिटी ईन्भेष्टमेण्ट एण्ड डेभलपमेन्ट कम्पनी लि. र राष्ट्रिय सहकारी बैंक लि.को निरीक्षण, सुपरिवेक्षण र अनुगमन लगायतका सुपरिवेक्षकीय कार्यहरु सम्पादन गर्ने कार्यादेश पाएको छ ।

२०७८ फागुन १ गते देखि कार्यान्वयन हुने गरी राष्ट्र बैंकले "गैर-बैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग” गठन गरेको हो। राष्ट्र बैंकको माघ १३ गते बसेको व्यवस्थापन समितिको बैठकले यो निर्णय गरेको हो। 

त्यस्तै राष्ट्र बैंकले  विकास बैंक सुपरिवेक्षण विभाग र वित्त कम्पनी सुपरिवेक्षण विभागलाई एकीकृत गरी “वित्तीय संस्था सुपरिवेक्षण विभाग” स्थापना गरेको छ।   २०७८ फागुन १ गते देखि कार्यान्वयन हुने गरी विकास बैंक सुपरिवेक्षण विभाग र वित्त कम्पनी सुपरिवेक्षण विभागलाई एकीकृत गरी नयाँ विभागको रुपमा “वित्तीय संस्था सुपरिवेक्षण विभाग स्थापना गरिएको  हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved