अब विकास बैंक र फाइनान्स कम्पनीहरुको सुपरिवेक्षण एउटै विभागले गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2022 | 03:12:07 PM मा प्रकाशित

laxmi  sunrise bank

अब विकास बैंक र फाइनान्स कम्पनीहरुको सुपरिवेक्षण एउटै विभागले गर्ने भएको छ । राष्ट्र बैंकले विकास बैंक सुपरिवेक्षण विभाग र वित्त कम्पनी सुपरिवेक्षण विभागलाई एकीकृत गरी “वित्तीय संस्था सुपरिवेक्षण विभाग” स्थापना  गरेको हो।

राष्ट्र बैंकको कार्तिक ११ गते बसेको बैठकले  २०७८ फागुन १ गते देखि कार्यान्वयन हुने गरी विकास बैंक सुपरिवेक्षण विभाग र वित्त कम्पनी सुपरिवेक्षण विभागलाई एकीकृत गरी नयाँ विभागको रुपमा “वित्तीय संस्था सुपरिवेक्षण विभाग (Financial Institutions Supervision Department)" स्थापना गरिएको राष्ट्र बैंकले जनाएको छ। 

त्यस्तै राष्ट्र बैंकले हाइड्रो ईलेक्ट्रिसिटी ईन्भेष्टमेण्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल) जस्ता गैर-बैंक वित्तीय संस्थाको सुपरिवेक्षण गर्नको लागि छुट्टै विभाग गठन गरेको छ । राष्ट्र बैंकले 'गैर-बैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग' गठन गरेको छ । यस विभागले विदेशी विनिमय कारोवार गर्न ईजाजतपत्र प्राप्त संस्थाहरु, हायर पर्चेज कारोबार गर्ने कम्पनीहरु, हाइड्रो ईलेक्ट्रिसिटी ईन्भेष्टमेण्ट एण्ड डेभलपमेन्ट कम्पनी लि. र राष्ट्रिय सहकारी बैंक लि.को निरीक्षण, सुपरिवेक्षण र अनुगमन लगायतका सुपरिवेक्षकीय कार्यहरु सम्पादन गर्ने कार्यादेश पाएको छ ।

२०७८ फागुन १ गते देखि कार्यान्वयन हुने गरी राष्ट्र बैंकले "गैर-बैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग” गठन गरेको हो। राष्ट्र बैंकको माघ १३ गते बसेको व्यवस्थापन समितिको बैठकले यो निर्णय गरेको हो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved