सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा बर्दियाको ओराली बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2022 | 05:39:40 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकले बर्दिया जिल्लाको मधुवन नगरपालिका, ओराली बजारमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी चित्र बहादुर वली लाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । 

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ । 

सिटिजन्स बैंकले हाल १७४ शाखा, १२३ ए.टि.एम. र ९३ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved