के बैंकहरुले चैतको लागि ब्याजको दर बढाउँदै छन् ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2022 | 06:23:54 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकहरुबीच चैतको लागि ब्याज नबढाउने बिषयमा आपसी समझदारी बनेको छ। ब्याजको दर बढाउँदा सकारात्मक संदेश नजाने भएकाले बैंकरहरुबीच ब्याज नबढाउने बिषयमा आपसी समझदारी बनेको जनाईएको छ। 

नेपाल बैंकर्स संघका एक कार्यसमिति सदस्यले ब्याज नबढाउने बिषयमा समझदारी बनेपनि निर्णय भने भएको छैन। निर्णयलाई अझैं केहि दिन बाँकी नै रहेकाले निर्णय नलिएको उनको भनाई छ। 

उनि भन्छन्, बैंकहरुबीच ब्याज एक दुई चरणमा अनौपचारिक हिसाबले कुराकानी भईसकेको छ, करिब करिब सबै बैंकरहरु तथा बैंकर्स संघका पदाधिकारीहरु पनि ब्याज बढाउनु हुदैन भन्ने पक्षमा छन्, त्यहि भएर ब्याज बढ्दैन भन्दा गलत हुदैन।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरुले आगामी महिना लिने ब्याजको दर अघिल्लो महिनानै सार्वजनिक गर्नुपर्ने हुन्छ। 

यस अगाडी बैंकर्स संघले नेपाल राष्ट्र बैंकको निर्देशन भित्र रहेर फागुनदेखि लागू हुनेगरि सबै प्रकारको निक्षेप खाताको ब्याजदर बढाउन पाउने निर्णय गरेको थियो। जसअनुसार बैंकहरुले मुद्दतीमा अधिकतम ११.०३ र संस्थागतमा अधिकतम १०.०३  प्रतिशत ब्याज लिन पाउंथे।  

त्यस्तै बचत खाातामा न्युनतम ५ प्रतिशत र कलमा ३.०१५ प्रतिशतसम्म ब्याजको दर तोक्न पाउनेछन्।  तर बैंकहरुले तोकिएको सिमाभित्र रहेर ब्याजको दर आफुअनुकुल कायम गर्न कुनै रोक हुनेछैन। त्यस्तै बैंकहरुले रेमिट्यान्स खातामा १२ प्रतिशत ब्याजदर दिने छन्। माघमा व्यक्तिगत तर्फ १०.०३ प्रतिशत मुद्दति निक्षेपमा ब्याजदर थियो।

कमर्शियल बैंकले नबढाएपछि बिकास बैंक र फाइनान्सले पनि फागुनकै ब्याजदरलाई निरन्तरता दिने सम्भावना बढेको छ। 

ब्याजदर यथावत रहेको अवस्थामा क्षेत्रीय स्तरका बिकास बैंकहरुले मुद्दतिमा अधिकतम ११।६५ र संस्थागतमा अधिकतम १०।६५ तथा राष्ट्रिय स्तरका विकास बैंकहरुले मुद्दतिमा अधिकतम ११.५५ र संस्थागतमा अधिकतम १०.५५ प्रतिशत ब्याजदर लिन पाउनेछन्। त्यस्तै फाइनान्सहरुले मुद्दतिमा अधिकतम ११.७१  र संस्थागतमा अधिकतम १०.७१  प्रतिशत ब्याजदर कायम गर्न पाउनेछन्।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved