वाणिज्य बैंकहरुको निक्षेप ४ दिन मै ५ अर्ब घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2022 | 07:13:48 PM मा प्रकाशित

laxmi  sunrise bank

४ दिनको अवधि मै वाणिज्य बैंकहरुको निक्षेप ५ अर्बले घटेको छ। फागुन ३० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ३३ अर्ब रहेकोमा चैत्र ४ गतेसम्म बैंकहरुको निक्षेप घटेर ४३ खर्ब २८ अर्ब कायम भएको छ ।  यस अवधिमा नेपाली मुद्राको निक्षेप ६ अर्ब घटेको छ भने विदेशी मुद्राको निक्षेप १ अर्बले बढेको छ ।

त्यस्तै यस अवधिमा बैंकहरुको कर्जा ४ अर्बले घटेको छ । फागुन ३० गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा ४१ खर्ब ७२ अर्ब रहेकोमा चैत्र ४ गतेसम्म बैंकहरुको कर्जा घटेर ४१ खर्ब ६८ अर्ब कायम भएको छ ।  यस अवधिमा नेपाली मुद्राको कर्जा १ अर्ब बढेको छ भने विदेशी मुद्राको कर्जा ४ अर्बले घटेको छ ।

माघ महिनाको तुलनामा फागुन महिनामा वाणिज्य बैंकहरुको निक्षेप २२ अर्बले बढेको थियो । माघ मसान्तसम्म अर्थात् माघ २९ गतेसम्म बैंकहरुको निक्षेप ४३ खर्ब ११ अर्ब रहेकोमा फागुन मंसत अर्थात् फागुन ३० गतेसम्म बैंकहरुको निक्षेप बढेर ४३ खर्ब ३३ अर्ब पुगेको थियो  । 

त्यस्तै फागुन महिना भर वाणिज्य बैंकहरुले १७ अर्ब कर्जा प्रवाह गरेका थिए ।  माघ मसान्तसम्म अर्थात् माघ २९ गतेसम्म बैंकहरुको कर्जा ४१ खर्ब ५५ अर्ब रहेकोमा फागुन  मसान्त अर्थात् फागुन ३० गतेसम्म बैंकहरुको  कर्जा बढेर ४१ खर्ब ७२ अर्ब पुगेको थियो  ।  

  फागुन महिनाको लागि ब्याज बढाएका  बैंकहरुले चैत्र महिनाको लागि ब्याजदर स्थिर राखेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved