गत साता बैंकहरुको निक्षेप १ अर्बlले बढ्यो, ५ अर्ब कर्जा प्रवाह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2022 | 11:13:36 AM मा प्रकाशित

laxmi  sunrise bank

गत साता वाणिज्य बैंकको निक्षेप १ अर्ब मात्र बढेको छ । चैत्र ११ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ३० अर्ब रहेकोमा चैत्र १८ गतेसम्म बैंकहरुको निक्षेप १ अर्ब बढेर ४३ खर्ब ३१ अर्ब कायम भएको छ । 

त्यस्तै यस अवधिमा बैंकहरुको कर्जा प्रवाह ५ अर्बले बढेको छ । चैत्र ११ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा ४१ खर्ब ७० अर्ब रहेकोमा चैत्र  १८ गतेसम्म बैंकहरुको कर्जा घटेर ४१ खर्ब ७५ अर्ब कायम भएको छ ।   

माघ महिनाको तुलनामा फागुन महिनामा वाणिज्य बैंकहरुको निक्षेप २२ अर्बले बढेको थियो । माघ मसान्तसम्म अर्थात् माघ २९ गतेसम्म बैंकहरुको निक्षेप ४३ खर्ब ११ अर्ब रहेकोमा फागुन मंसत अर्थात् फागुन ३० गतेसम्म बैंकहरुको निक्षेप बढेर ४३ खर्ब ३३ अर्ब पुगेको थियो  । 

त्यस्तै फागुन महिना भर वाणिज्य बैंकहरुले १७ अर्ब कर्जा प्रवाह गरेका थिए ।  माघ मसान्तसम्म अर्थात् माघ २९ गतेसम्म बैंकहरुको कर्जा ४१ खर्ब ५५ अर्ब रहेकोमा फागुन  मसान्त अर्थात् फागुन ३० गतेसम्म बैंकहरुको  कर्जा बढेर ४१ खर्ब ७२ अर्ब पुगेको थियो  ।  

  फागुन महिनाको लागि ब्याज बढाएका  बैंकहरुले चैत्र महिनाको लागि ब्याजदर स्थिर राखेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved