गभर्नर महाप्रसाद अधिकारी माथि छानविन गर्न बनेको समितिले आजबाट काम थाल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2022 | 07:15:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट बैंकका गभर्नर महाप्रसाद  अधिकारीमाथि छानविन गर्न सरकारले बनाएको छानविन समितिले आज बैशाख ५ गतेबाट काम थालेको छ । समितिले विज्ञप्ति जारी गर्दै आजबाट काम थालेको जनाएको हो ।

चैत्र २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले गभर्नर अधिकारीमाथि छानविन गर्न समिति गठन गरेको हो । सर्वोच्च अदालतका पूर्व न्यायधिश  पुरुषोत्तम भण्डारीको नेतृत्वमा  चन्द्रकान्त पौडेल र सूर्यबहादुर थापा सदस्य रहेको समितिले सरकारले गठन गरेको थियो । समिति गठन भएसंगै गभर्नर निलम्बनमा परेका छन् ।

यद्यपि गभर्नरले निलम्बन विरुद्द सर्वोच्चमा रिट दायर गरेका छन् । रिटको प्रारम्भिक सुनुवाई भोलि मंगलबार हुने छ । सरकारले आफूमाथि गैरकानूनी तरिकाले छानविन समिति गठन गरेर निलम्बन गरेको भन्दै उनी सर्वोच्च अदालत गएका हुन्। आफूमाथि पूर्वाग्रही भएर अर्थमन्त्रीले गैरकानूनी ढंगले छानविन समिति गठन गरेको, समितिमा उनको परिवारका सदस्य तथा पार्टी सदस्यहरु राखेको भन्दै सो प्रक्रिया नै खारेजीको लागि उनले अन्तरिम आदेश माग गरेका छन् । उनले आफुलाई गभर्नर पदमा पुनर्बहालीको माग गर्दै अन्तरिम आदेशको पनि माग गरेका छन् । 

छानबिन समितिमाथि नै प्रश्न ?

छानबिन समितिको नेतृत्त्वमा रहेका पुरुषोत्तम भण्डारी नाताले अर्थमन्त्री जनार्दन शर्माको दाई भएको पाइएको छ। नाताले सानीआमा ठूलीआमाका नातीहरू अर्थात दाजुभाई मात्र नभई भण्डारी र शर्माको पुरानो सम्बन्ध रहेको देखिन्छ।

पुरानो सम्बन्ध र आफन्त भएकै कारण भण्डारीको नेतृत्वको छानविन समितिबाट निष्पक्ष छानविन हुनेबारे अहिलेदेखि नै प्रश्न उठाउन थालिएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved