राष्ट्रिय वाणिज्य बैंकका कार्ड होल्डरलाई अन्नपूर्ण केबुलकारमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 01, 2022 | 03:57:35 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंकका कार्ड होल्डरलाई अन्नपूर्ण केबुलकारमा छुट हुने भएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र अन्नपूर्ण केबुलकार प्रा.लि.बिच बैंकका डेबिट÷क्रेडिट कार्ड होल्डरहरुलाई केवलकारको भाडा रकममा १० प्रतिशत छुट गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र अन्नपूर्ण केबुलकारका महाप्रबन्धक दिनेश पौड्यालले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भएपश्चात कास्कीको पोखरामा रहेको अन्नपूर्ण केबुलकारमा यात्रा गर्दा बैंकका कर्मचारी तथा डेबिट÷क्रेडिट कार्ड भएका ग्राहकहरुलाई केबुलकारले भाडा रकममा १० प्रतिशत छुट दिने छ ।

बैंकले २५८ वटा शाखा कार्यालय, २४५ वटा ए.टि.एम, ४३ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ शाखारहित बैंकिङ्ग सेवा सहित आधुनिक डिजिटल बैंकिङ्गको माध्यमबाट सेवा प्रवाह गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved