नबिल बैंकले ल्यायो क्यूआर कारोबारमा आधारित क्यासब्याक योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2022 | 08:14:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकले क्यूआर कारोबारमा आधारित नयाँ क्यासब्याक योजना सार्वजनिक गरेको छ । नबिल बैंक र संयुक्त राष्ट्र पूँजी विकास कोष को सहकार्यमा आधारित “क्यूआर कोडः महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवर्द्धन“ परियोजना अन्तर्गत यो योजना सुरु गरिएको हो ।

बैंकका अनुसार विशेष गरी कोभिड १९ पछिको अवस्थामा डिजिटल वित्तीय समाधान मार्फत महिला र युवाहरूको प्रवर्द्धन गर्ने उदेश्यको साथ यो योजना सुरु गरिएको हो । युवा भन्नाले यस परियोजनामा संयुक्त राष्ट्र संघको परिभाषा अनुसार १८ देखि २४ वर्षको उमेर भएको उद्दमी जसको आपनो स्वामित्वमा व्यवसाय छ वा जसले प्रत्यक्ष रुपमा व्यवसाय संचालन गरिरहेका छन्, उनीहरुलाई बुझ्नु पर्ने बैंकले जनाएको छ । यसअधि नयाँ वर्षको अवसरमा पनि नबिल बैंकले यस्तै क्यासब्याक योजना सार्वजनिक गरेको थियो ।

बैंकका अनुसार एक महिनाको लागि संचालन गरिने यस योजनामा महिला तथा युवा क्यूआर मर्चेन्टले गर्ने पहिलो क्यूआर कारोबारमा १०% वा अधिकतम  प्रति कारोबार रु. २०० नगद फिर्ता दिइनेछ। यो योजना आषाढ महिनाभरि लागु हुनेछ ।

वित्तीय पहूँच नपुगेका महिला र युवा उद्दमीमा लक्षित यस योजना मार्फत नबिल बैंकले त्यस्ता उद्दमीहरुलाई बैकिङ च्यानलमा भित्राउने, पुराना निष्कृय मर्चेन्टलाई सकृय बनाउने र उनिहरुलाई डिजिटल वित्तीय समाधानहरू प्रदान गरि दिगो वित्तीय रूपान्तरणलाई बढावा दिने लक्ष्य लिएको छ ।

सन् १९८४ मा स्थापित यस बैंकले हाल १५० शाखा, १८७ एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत सेवा प्रदान गर्दै आएको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved