सेञ्चुरी बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2022 | 12:51:39 PM मा प्रकाशित

laxmi  sunrise bank

 सेञ्चुरी कमर्शियल बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच सम्झौता भएको छ । २ संस्थाबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर  प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको हो ।

सम्झौता पश्चात सेञ्चुरी बैंकका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ्ग एप प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यू आर कोड मार्फत गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा स्र्माटच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट प्रमुख व्यापार प्रबर्धन अधिकृत शंकर केसीले हस्ताक्षर गरेका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved