एनएमबि बैंकद्वारा सुर्खेतको सामुदायीक विद्यालयको भवन पुनःनिर्माण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2022 | 05:36:21 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकले सामाजिक दायित्व अन्तर्गत विरेन्द्रनगर सुर्खेत–१६ स्थीत सरस्वती प्राथमिक विद्यालयको छाना माथिको पुन र्संरचना÷सम्भार र कक्षा कोठाको मर्मतसम्भार गरेको छ । गत जेठमा आएको हावाहुरीले उक्त विद्यालयको जस्ताको छाना उडाएपछि विद्यार्थीहरु खुल्ला चौरमै पढन बाध्य थिए ।

 बैंकले ४ वटा कोठाको पुनःनिर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको हो ।  कार्यक्रममा क्षेत्रीय प्रवन्धक प्याकुरेलले यस सहकार्यले विद्यार्थी भाईबहिनीहरुमा पठन पाठनमा सहज हुने विश्वास ब्यक्त गरे ।

बैंकले वित्तीय कारोवार मात्र गर्ने थाहा भएपनि सामाजिक कार्यमा सहयोग गर्ने कुराले आफूहरु हर्षित भएको विद्यालयका प्रधानाध्यापक खड्कबहादुर खड्काले बताए । ‘सामाजिक कार्यमा एनएमबि बैंकको सहकार्यले शिक्षक, विद्यार्थी र अभिभावकमा खुसी छौं ।’ प्रधानाध्यापक खड्काले भने, ’वीरेन्द्रनगरकै विकट वडा भएकाले विद्यालयमा सेवा सुविधा छैन् । यस्तो अवस्थामा बैंकले गरेको सहयोग अतुलनीय छ । ’ 

 बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved