सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2022 | 08:52:52 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंकको ४ अर्ब रुपैयाँको ४० लाख इकाई ऋणपत्रमा आवेदन दिने आज शुक्रबार अन्तिम दिन हो । बैंकले सर्वसाधारणका लागि १६ लाख इकाई र बाँकी २४ लाख इकाईमा अन्य संघसंस्थालाई बिक्री खुलाएको थियो । 

बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ  । बैंकले १० वर्ष अवधिको ‘एसबीएल डिबेन्चर २०८९’ ऋणपत्र जारी गरेको हो । जसमा वार्षिक १०.७५ प्रतिशत ब्याजदर दिने बैंकले जनाएको छ ।

यसमा प्रतिइकाई १ हजार रुपैयाँको दरले न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved