एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकमा बचत खाता खालेका ३ जना ग्राहकलाई घातक रोगको बीमा वापत प्रतिव्यक्ति रू. १० लाखको दरले कुल रू. ३० लाख बीमा रकम भुक्तानी गरेको छ ।
बीमा लाभ प्राप्त गर्ने बैंकका ग्राहकहरु यस बैंकको स्वयम्भु शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेका हरिन्द्र शाह तेली, जाजरकोट शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेका प्रचण्ड जंग शाह र थली शाखामा ‘एम्बेसडर’ श्रेणीको खाता खोलेका सञ्जित तामाङ छन् ।
उनीहरुलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देलले संयुक्त रुपमा एक कार्यक्रमका बिच बीमा रकम बराबरको चेक हस्तान्तरण गरे ।
बैंकले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा बीमा रकम भुक्तानी गरेको हो ।