एनआइसी एसियाले थप्यो 'सर्वश्रेष्ठ १० गुणा मुद्दती' योजनाको अवधि, यस्तो छ कारण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2022 | 10:57:55 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआइसी एसिया बैंकले निक्षेपको १० गुणासम्म प्राप्त हुने ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ को अवधि थप गरेको छ। देश तथा विदेशका ग्राहकले रुची देखाएपछि यसको अवधि असारमसान्तबाट थप गरि साउन मसान्तसम्म पुर्याइएको बैंकले जनाएको छ। 

आम जनमानसको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी आफ्ना निक्षेप योजनाहरूलाई सोही अनुरुप थप ग्राहकमैत्री एवं प्रभावकारी बनाउन बैंकले यो योजनालाई निरन्तरता दिने निर्णय गरेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) सुधिर नाथ पाण्डेले जनाएका छन्। 

बैंककाअनुसार यस योजनामा निक्षेपकर्ताले ५ वर्ष १० महिना देखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुुसार दुई गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउनेछन भने आफूले निक्षेप गरेको रकम र पाकेको ब्याज गरी कुल रकमको ८० प्रतिशत बराबर कर्जा समेत लिन सक्नेछन। 

यसअघि बैंकको ५ वर्षसम्म कुल ८४ लाख सम्मको बीमा सुनिश्चित गर्ने अतुलनिय फाइदाहरूसँगै सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जा सम्बन्धी फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू रहेको ‘सर्वश्रेष्ठ बचत खाता’ योजना सञ्चालनमा ग्राहक महानुभावहरूको अत्यन्त उत्साहजनक सहभागिता रहि आएको छ ।

बैंकलाई मुलुकभर रहेका आफ्ना ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ। 

देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved