अर्थमन्त्रीमा पुनर्बहाली भए लगत्तै जनार्दन शर्माले बढाए निक्षेप बीमाको सीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2022 | 02:42:18 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्माले आइतबार पदभार ग्रहणपछि निक्षेप बीमाको सीमा बढाउने निर्णयमा हस्ताक्षर गरेका छन् । चालु आवको बजेटमा रहेको निक्षेप तथा कर्जा सुरक्षण कोषबाट सञ्चालित सुरक्षण कार्यक्रम र लघुबीमा सहयोग कार्यक्रमको दायरा विस्तार गरिन लागेको हो ।

नयाँ व्यवस्थाअनुसार अब निक्षेप बीमाको विद्यमान सीमा रु तीन लाखबाट बढेर  पाँच लाख बराबर हुनेछ । मन्त्री शर्माले ५ लाख रुपैयाँसम्म निक्षेपको सुरक्षण हुने व्यवस्था सहितको कर्जा सुरक्षण नियमावली स्वीकृत गरेको हुन् ।  अर्थमन्त्रीमा पुनर्बहालीपछि पहिलो निर्णयका रुपमा शर्माले सोही नियमावली स्वीकृत गरेका हुन् ।

यो भनेको निक्षेपकर्ताले बैंकमा राखेको निक्षेपको बीमा हो । यदि कुनै कारणवश बैंक डुबे भने निक्षेपकर्ताले अब ५ लाख रुपैयाँसम्म निक्षेप फिर्ता पाउन सक्ने छन्। यस अघिसम्म यो रकम ३ लाखसम्म मात्र थियो ।

नबिल बैंकका डेपुटी सीइओ मनोज ज्ञवाली यसरी निक्षेपहरुको बिमा गर्ने र सिमा बढाउदै जाने क्रम जारी रहे बैकहरुको सञ्चालन लागत बढ्ने बताउछन् ।  बैंकहरुको पुजी पर्याप्तताले नै सामान्य जोखिमलाई वहन गर्नै क्षमता राख्ने उनको भनाई छ  । त्यो भन्दा थप रकम नै डुब्ने स्थीती रह्यो भने पनि भुक्तानीको प्राथमिकतामा सानो निक्षेपहरू रहने भएकोले  सिमा बढाउदै जानु नपर्ने उनको भनाई छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved