राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर बुटवल उपमहानगरपालिकामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2022 | 12:18:28 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैकले लुम्बिनी प्रदेश रुपन्देही जिल्लाको बुटवल उप महानगरपालिका कार्यालय परिसरमा एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन केन्द्र संचालनमा ल्याएको छ ।  एक्सटेन्सन काउन्टरको उद्घाटन  बुटवल उप महानगरपालिकाका प्रमुख खेलराज पाण्डेले गरेका हुन् ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वडा कार्यलयहरुबाट समेत राजश्व सङ्कलन गर्ने योजना रहेको बताए । उनका अनुसार शाखा कार्यालय बुटवल मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिईने राजश्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी संचय कोष, नागरिक लगानी कोष लगायतको रकम जम्मा गर्न सकिने छ । 

 बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २५८ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved