बैंकहरुले कर्मचारीलाई नियमित तालिम दिनु पर्ने, यस्तो छ राष्ट्र बैंकको नयाँ ब्यबस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2022 | 02:02:06 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई नियमित रुपमा तालिम दिएर त्यसको विवरण अर्धवार्षिक रुपमा अद्यावधिक गर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थालाई एकिकृत निर्देशन जारी गर्दै यस्तो ब्यबस्था गरेको हो ।

जस अनुसार अब बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई कार्यक्षेत्रसँग सम्बन्धित तालिम प्रत्येक २ वर्षमा कम्तिमा एक पटक र ट्रेड फाइनान्स तथा कर्जा सम्बन्धी कार्य गर्ने कर्मचारीलाई विशिष्टिकृत तालिम प्रत्येक वर्ष प्रदान गर्नु पर्नेछ । त्यस्तै बैंक तथा वित्तीय संस्थाले बैंकिङ्ग क्षेत्रमा दक्ष जनशक्तिको विकास गर्नका लागि नयाँ भर्ना भएका कर्मचारीहरुलाई बैंक प्रवेश गरेको १ महिनाभित्र कम्तिमा दुई हप्ताको अभिमुखीकरण तालिम प्रदान गर्नुपर्नेछ।

 बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई प्रदान गरेको तालिमको शिर्षक, मिति, अवधि, तालिम प्राप्त गर्ने कर्मचारीको नामावली लगायतका विवरण संस्थाको वेबसाइटमा अर्धवार्षिक रुपमा अद्यावधिक गर्नु पर्नेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved