सिद्धार्थ बैंकका ग्राहकलाई नेपालीरिका होटलमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2022 | 02:03:46 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक र मोरङको विराटचोक स्थित नेपालीरिका होटल बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट विराटनगर शाखा प्रमुख सूर्य प्रसाद शर्मा तथा नेपालीरिका होटलका तर्फबाट प्रबन्ध निर्देशक राजेश कुमार अग्रवालले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले नेपालीरिका होटलमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग मार्फत होटल बसाई सेवाको भुक्तानी गर्दा २०% सम्मको छुट र खानाको भुक्तानी गर्दा १५% सम्मको छुट प्राप्त गर्न सक्ने छन् ।

यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved