कान्ति बाल अस्पतालमा हिमालयन बैंकको नगद काउन्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 22, 2022 | 09:03:06 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंक लिमिटेडले महाराजगंज स्थित कान्ति बाल अस्पतालमा नगद संकलन काउन्टर संचालनमा ल्याएको छ । बैंक र अस्पतालले नगद संकलन काउन्टर संचालन गर्ने  सम्झौता गरेका हुन् । 

नगद संकलन काउन्टर संचालनमा ल्याउने सम्झौता पत्रमा बैंकका तर्फबाट महाप्रबन्धक उज्जल राजभण्डारी र अस्पतालका तर्फबाट अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले हस्ताक्षर गरेका छन्।

बैंकका अनुसार बैंकले अस्पतालमा उक्त सेवा २४ सै घण्टा प्रदान गर्नेछ । सो काउन्टरमा विभिन्न कार्डहरुबाट पनि भुक्तानी गर्न सकिने छ । बैंकद्वारा प्रदान गरिने उक्त सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीहरुका परिवार÷आफन्तजन तथा अस्पतालका कर्मचारीलाई सहजता प्रदान गर्ने विश्वास बैंकले लिएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved