नबिल बैंकले ल्यायो पैसा दश गुणा हुने निक्षेप योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2022 | 01:58:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकले “नबिल ढुक्क मुद्धती खाता” बजारमा ल्याएको छ । “नबिल ढुक्क मुद्धती खाता” अन्तर्गत ग्राहकले मुद्धतीमा जम्मा गरेको रकम तोकिएको समय पश्चात् दोब्बर देखि दश गुणा सम्म रकम प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

बैंकका अनुसार यो मुद्धती योजना नेपालमा आर्जित तथा विप्रेषण मार्फत् नेपाल प्राप्त रकममा खोल्न सकिनेछ । नेपालमा आर्जित रकममा खोलिने ढुक्क मुद्धती खातामा ६ वर्ष ३ महिना २३ दिनमा २ गुणा, १४ वर्ष ७ महिना २८ दिनमा ५ गुणा तथा २० वर्ष ११ महिना २० दिनमा १० गुणा रकम प्राप्त गर्न सकिनेछ । 

त्यसैगरि विप्रेषण अन्र्तगत खोलिने ढुक्क मुद्धती खातामा ५ वर्ष ९ महिना १५ दिनमा २ गुणा, १३ वर्ष ५ महिना ११ दिनमा ५ गुणा तथा १९ वर्ष २ महिना २५ दिनमा १० गुणा रकम प्राप्त गर्न सकिने बैंकले जनाएको छ । बैंकका अनुसार यस खाता अन्तर्गत ग्राहकले रु ३००,००० सम्मको क्रेडिट कार्ड सुबिधा पनि पाउन सक्नेछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved