बैंकहरुले ४ प्रकारको चालु पुँजी कर्जा दिन सक्ने, कुनको प्रकृति कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2022 | 07:10:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले चालू पूंजी कर्जासम्बन्धी मार्गदर्शन जारी गरेको छ । बैंक तथा वित्तीय संस्थाबाट प्रदान हुने चालूपुँजी प्रकृतिका कर्जाको औचित्य, प्रभावकारिता तथा सदुपयोगिता सुनिश्चित होस् भन्ने अभिप्रायले मार्गदर्शन जारी गरिएको राष्ट्र बैंकले जनाएको छ । 

उक्त मार्गदर्शन  अनुसार फर्म,संस्था, वा कम्पनीले विभिन्न ४ प्रकारको चालू पुँजी कर्जा प्राप्त गर्न सक्ने छन् । राष्ट्र बैंकले क्यास क्रेडिट कर्जा , अल्पकालीन अवधिको कर्जा, आयात निर्यातसँग सम्बन्धित कर्जा, र चालू पुँजी प्रयोजनको आवधिक कर्जा लिन सकिने गरि  चालू पुँजी कर्जाको बर्गिकरण गरेको हो । 

वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र पूर्वाधार विकास बैंकले चालु पुँजी कर्जा प्रदान गर्न सक्ने छन् । मार्गदर्शनमा ग्राहकको वार्षिक कारोबार वा बिक्रिको आधारमा चालु पुँजी कर्जा प्रदान गरिने उल्लेख छ ।

कुन कर्जा कस्तो ?

 क) क्यास क्रेडिट कर्जा
औद्यौगिक एवम् व्यापारिक कम्पनी फर्म संस्थाको चालू सम्पत्ति व्यवस्थापनका लागि सोही चालू सम्पत्ति धितोलाई दृष्टिबन्धक (Hypothecation) र वा धरौट बन्धक (Pledge) र/वा धितोबन्धक (Mortgage) राखी बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने नवीकरणयोग्य कर्जालाई क्यास क्रेडिट कर्जा मानिनेछ।


ख)अल्पकालीन अवधिको कर्जा
औद्यौगिक एवम् व्यापारिक कम्पनी फर्म संस्थाको अल्पकालीन चालू पूँजीको आवश्यकतालाई पूर्ति गर्न सोही चालू सम्पत्ति धितोलाई दृष्टिबन्धक (Hypothecation) र/वा धरौट बन्धक (Pledge) र वा धितोबन्धक (Mortgage) गरी निश्चित अवधि तोकी एकमुष्ट कर्जा प्रवाह र एकमुष्ट भुक्तानी हुने गरी बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जालाई अल्पकालीन अवधिको कर्जा मानिनेछ । यस्तो कर्जा नवीकरणका लागि योग्य हुने छैन ।

ग) आयात निर्यातसँग सम्बन्धित कर्जा
औद्योगिक तथा व्यापारिक प्रयोजनका लागि खोलिएका प्रतीतपत्र वा अन्य माध्यमबाट मालसामान आयात निर्यात गर्दा गराउँदा Proforma Invoice मा उल्लेखित रकमको सीमासम्मको रकम भुक्तानी गर्ने प्रयोजनका लागि प्रदान गरिने कर्जालाई आयात निर्यातसँग सम्बन्धित कर्जा मानिन्छ । यस कर्जाअन्तर्गत ट्रस्ट रिसिट लगायतका कर्जा पर्दछन् ।

घ)चालू पुंजी प्रयोजनको आवधिक कर्जा

व्यवसायको चालू पुँजीको आवश्यकता मूल्यांकन गर्दा स्थिर प्रकृतिको आवश्यकता Permanent Working Capital Need लाई कम्तीमा पाँच वर्ष अवधिको आवधिक कर्जा प्रदान गर्नुपर्दछ । यस्तो कर्जालाई चालू पुँजी प्रयोजनको आवधिक कर्जा मानिने छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved