प्रभु बैंक र सेन्चुरी बैंकले पाए मर्जरको लागि सैद्धान्तिक स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2022 | 08:14:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले प्रभु बैंक र सेन्चुरी बैंकलाई मर्जरको लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। आइतबार बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले दुई बैंकलाई मर्जरमा जानका लागि सैद्दान्तिक स्वीकृति दिएको हो । 

यस सँगै अब दुवै बैंकले विशेष साधारणसभा आह्वान गरेर मर्जर प्रस्ताव पारित गर्ने बाटो खुलेको छ । २ बैंकबीच साउन १५ गते मर्जर तथा प्राप्तिमा जाने सम्झौता भएको थियो ।

सम्झौता अनुसार सेन्चुरी बैंक सम्मानजनक हैसियतमा प्रभु बैंकमा गाभिने छ । मर्जर तथा प्राप्तिको लागि १:१ को प्रारम्भिक स्वाप तय भएको छ । अन्तिम स्वाप भने डिडिए रिपोर्ट अनुसार तय हुने बताईएको छ।

त्यस्तै मर्जरपछि बन्ने बैंकको संचालक समितिमा प्रभु बैंकका ४ संचालक रहने छन् भने सेन्चुरी बैंकबाट ३ संचालक रहने छन् । सीइओमा हालका प्रभु बैंकका सीइओले नै निरन्तरता पाउने छन् भने हालका सेन्चुरी बैंकका सीइओ मर्जरपछि बन्ने बैंकमा डेपुटी सीइओ रहने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved