स्थानीय तहको ८० प्रतिशत रकम निक्षेपको रुपमा गणना गर्न सकिने अवधि थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 07, 2022 | 02:35:37 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ मन्त्रालयले पुस महिनासम्म नै स्थानीय तहको संचिति कोषको रकम निक्षेपको रुपमा गणना गर्न सक्ने ब्यबस्था गरेको छ । अर्थमन्त्री  जनार्दन शर्माले पुस २ गते मन्त्रीस्तरीय निर्णय  २०७९ असार मसान्तसम्म बाणिज्य बैंकहरुले निक्षेपको रुपमा गणना गर्न पाउने ब्यबस्था गरेका थिए 

अर्थ मन्त्री शर्माले उक्त ब्यबस्थालाई लम्ब्याएर २०७९ पुस महिनासम्म कायम गर्ने निर्णय गरेका हुन् । अर्थ मन्त्रालयले आर्थिक वर्ष ७९/८० को पहिलो ४५ दिनमा भए गरेका कार्य सार्वजनिक गर्दै यसबारे जानकारी दिएको हो । 

मन्त्रालयले 'स्थानीय तहको सञ्चित कोषको ८० प्रतिशतसम्म आयात र व्यापारिक क्षेत्रमा नगरि उत्पादनशील क्षेत्रमा परिचालन गर्न पाउने गरी यही २०७९ पुस मसान्तसम्म बाणिज्य बैंकहरुले निक्षेपको रुपमा गणना गर्न पाउने' निर्णय गरेको हो । 

अब नेपाल राष्ट्र बैंकले यस विषयमा निर्देशन दिएसंगै बैंकहरुलाई नीय तहको सञ्चित कोषको ८० प्रतिशतसम्म आयात र व्यापारिक क्षेत्रमा नगरि उत्पादनशील क्षेत्रमा परिचालन गर्न पाउने गरी यही २०७९ पुस मसान्तसम्म बाणिज्य बैंकहरुले निक्षेपको रुपमा गणना गर्न पाउने ब्यबस्था खुल्ने छ 

तरलता अभावसँग जुधी रहेका बैंकहरुलाई यसले तरलतामा केहि सहज पार्ने विश्वास गरिएको छ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved