नबिल बैंकले दिने कर्जाको सुरक्षण, कर्जा तथा निक्षेप सुरक्षण कोषसँग सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2022 | 08:14:53 PM मा प्रकाशित

laxmi  sunrise bank

निक्षेप तथा कर्जा सुरक्षण कोष र नविल बैंकबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ। सम्झौतापत्रमा कोषको तर्फबाट नायब प्रबन्धक विष्णु मणि अधिकारी र नविल बैंकको तर्फबाट एसएमई तथा लघुवित्त विभाग प्रमुख निरज कुमार बस्नेत (डनिल)ले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार नविल बैंकले लघु वित्त तथा विपन्न वर्ग कर्जा अन्तर्गत बिना धितो सामूहिक जमानीमा लगानी गर्ने प्रति व्यक्ति रु. दश लाखसम्म, शैक्षिक प्रमाणपत्र धितो जमानीमा लगानी गर्ने प्रति व्यक्ति रु.सात लाखसम्म, धितो जमानीमा लगानी गर्ने प्रति व्यक्ति रु. बीस लाखसम्म, वैदेशिक रोजगारबाट सीपमूलक तालिम लिई फर्केका युवा तथा दलित समुदायका व्यक्तिलाई सामूहिक जमानी वा परियोजना धितो अन्तर्गत लगानी गर्ने प्रति व्यक्ति रु. दश लाखसम्म र कोषको पूर्व सहमति लिई महिलाद्वारा सञ्चालित लघु उद्यम परियोजना अन्तर्गत परियोजना धितो राखी वा व्यक्तिगत वा सामूहिक जमानीमा लगानी गर्ने रु. पन्ध्र लाखसम्मको कर्जा कोषले सुरक्षण गर्नेछ।

यस प्रकार सुरक्षण हुने कर्जाको सुरक्षण शुल्क बार्षिक ०.८ प्रतिशत रहेकोमा ५० प्रतिशत नेपाल सरकारले अनुदान वापत व्यहोर्ने र बाँकी ५० प्रतिशत नविल बैंकले कोषमा बुझाउने कोषले जनाएको छ । कोषका अनुसार कोषमा सुरक्षित कर्जा लिने ऋणीको मृत्यु भएमा वा प्राकृतिक प्रकोपबाट परियोजना नष्ट भएमा वा अन्य विभिन्न कारणबाट कर्जा असूली हुन नसकेमा बैंकले दाबी गर्न सक्ने र उक्त दाबीमा कोषले ७५ प्रतिशत भुक्तानी गर्नेछ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved