एनआईसी एशिया बैंकको सीईओमा पुन: रोशन कुमार न्यौपाने नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2022 | 05:32:23 PM मा प्रकाशित

laxmi sunrise bank

एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन: रोशन कुमार न्यौपाने नियुक्त भएका छन् । बैंकको कार्तिक १६ गते बसेको संचालक समितिको बैठकले  हाल बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत न्यौपानेलाई पुन: सीइओ नियुक्त गर्ने निर्णय गरेको हो । 

बैंकले  २०७९ मंसिर १५ गतेदेखि लागू हुनेगरी न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृतको पदमा थप ४ वर्षको अवधिको लागि पुर्ननियुक्त गर्ने निर्णय गरेको हो। 

सन् २००८ अप्रिलदेखि तत्कालिन बैैंक अफ एशिया नेपाल लिमिटेडमा २८ वर्षको उमेरमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा जोडिनु भएका न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत भएका थिए । सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हालेपछिको छोटो अवधिमा  २०७५ मंसिर १६ गतेदेखि लागू हुने गरी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए।

३८ वर्षको उमेरमा नै वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएपछि उनी मुलुकको सबैभन्दा ‘कान्छो सीईओ’ को रुपमा समेत चर्चित भएका थिए।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved