नेपाल बैंकको वार्षिकोत्सव अफर: दराजमा सामान खरिद गर्दा २० प्रतिशतसम्म छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2022 | 11:19:11 AM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल बैंक लिमिटेडका ग्राहकले दराजमार्फत सामान खरिद गर्दा २० प्रतिशतसम्म छुट पाउने भएका छन्। बैंकले आफ्नो ८६ औँ वार्षिक उत्सवको अवसरमा दराजको ११.११ अभियानमा सहकार्य गरेको हो। 

नेपाल बैंकमा खाता रहेका ग्राहकले डेविट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानी गरि दराजबाट सामान खरिद गरेको खण्डमा यो अफर पाईने बैंकले जनाएको छ। बैंकका अनुसार यसको लागि ग्राहकहरुले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नुपर्नेछ।

यसका लागि बैंक र दराजबीच बिहिबार सम्झौता भएको हो। सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कँडेल र दराजको तर्फबाट पेमेन्ट तथा पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका हुन्। 

उक्त सम्झौता अनुसार डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा रु २,५०० सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा रु ३००० सम्मको छुट ग्राहकले प्राप्त गर्न सक्नेछन्।   बैंकको बार्षिकोत्सव यहि कार्तिक ३० गते आउदै छ। भने यो अफर कार्तिक २५ गतेदेखि  मंसिर ३ गतेसम्म लागू हुनेछ।

बैंकले हाल नेपालभर २२१ शाखाहरु, १९८ एटिएम साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved