सिटिजन्स बैंकद्वारा च्याटबट सेवा 'सिटिजन्स साथि'को सुरुवात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2022 | 08:12:58 PM मा प्रकाशित

laxmi  sunrise bank

 सिटिजन्स बैंकले च्याटबट सेवा 'सिटिजन्स साथिको' शुभारम्भ गरेको छ । बैंकले आफ्ना सेवाहरु डिजिटलाइज गर्ने क्रममा आफ्ना ग्राहकहरुका लागि वेबसाइट मार्फत च्याटबट सेवा 'सिटिजन्स साथिको' शुभारम्भ गरेको जनाएको हो।

बैंकका अनुसार यस सेवा सँगै अब ग्राहकहरूले कुनै पनि बैंकिङ्ग सेवाहरूको अनुरोध सिधै च्याटबट सेवा - सिटिजन्स साथि द्वारा गर्न सकिने छ। साथै ग्राहकले बैंकिङ्ग सेवा सम्बन्धी जिज्ञासाहरूको लागि यस प्लेटफम मार्फत बैंकका एजेन्टसँग प्रत्यक्ष कुराकानी गर्न सक्ने बैंकले जनाएको छ। यस सेवा गाहक मैत्री हुनुका साथै ग्राहकका लागी अझ सहज, सुरक्षित, सर्वसुलभ, र विश्वास योग्य हुने विश्वास बैंकले लिएको उल्लेख गरेको छ।

बैंकले १८० वटा शाखा, १३३ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved