कुमारी बैंक र दराज बीच ११.११ अभियानको लागि सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2022 | 06:31:36 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंक  र अनलाइन सपिङ पोर्टल दराज केयमु प्रा.लि. बिच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको  ११.११ अभियानमा  छुट प्रदान गर्ने सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट  डिजिटल बैंकिङका प्रमुख अनिष ताम्राकार र दराजको पेमेन्ट र पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् ।

 सम्झौता अनुसार कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्य मार्फत  दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा कुमारी बैंकको डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५% वा रु २,५०० सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २०% वा रु ३००० सम्मको छुट प्रदान गर्ने छ । यो योजना  नोभेम्बर ११, २०२२  देखि लागू हुनेछ । 

बैंकले १९९ शाखा सञ्जाल, १९५ एटिएम, ५३ शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेनसन काउन्टरबाट सेवा प्रदान गर्दे आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved