नेपाल बैंक कर्मचारीहरु बीचको व्याडमिन्टन प्रतियोगिता सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2022 | 05:18:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक लिमिटेले आफ्नो ८६औं बार्षिकोत्सवको अवसरमा काठमाण्डौ उपत्यकाभित्रका शाखाहरुमा कार्यरत कर्मचारीहरुको बीचमा मैत्रिपूर्ण व्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ । नेपाल बैंक लिमिटेड २०७९ कार्तिक ३० गते ८६औं बर्षमा प्रवेश गर्दैछ ।

सोहि अवसरमा आयोजित कर्मचारी मैत्रि व्याडमिन्टन प्रतियोगिता २०७९ कार्तिक २५ र २६ गते आयोजना भएको बैंकले जनाएको छ। बैंकका अनुसार प्रतियोगितामा पुरुष सिंगल तर्फ विष्णुहरि न्यौपाने र महिला सिंगल तर्फ रुपा महर्जन प्रथम, पुरुष डबलमा बाबुरत्न महर्जन एवम् मनोज महर्जनको समूह प्रथम र महिला डवल तर्फ रुपा महर्जन एवम् सविना थापाको समूह प्रथम भएका छन्। यस्तै, दोस्रो स्थानमा पुरुष सिंगल तर्फ ध्रुब दाहाल र महिला सिंगल तर्फ सविना थापा,  पुरुष डबलमा गोविन्द सुवेदि एवम् ध्रुव दाहालको समूह र महिला डवल तर्फ बन्दना शर्मा एवम् विद्या धिताल समूह रहेको बैंकले जनाएको छ।

कार्यक्रमको उद्घाटन नेपाल बैंकका संचालक समिति सदस्य विवेक राणाले गरेका थिए । कार्यक्रमको संयोजन एवम् व्यवस्थापन खेलकुद उपसमितिले गरेको थियो ।

बैंकले २२२ शाखाहरु, १९८ एटिएम मेसिन साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत  बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved