ग्लोबल आइएमई र बिओकेबीच मर्जरको लागि अन्तिम सझौता, मर्जरपछि देशकै ठूलो बैंक बन्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2022 | 06:16:53 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच एक आपसमा गाभ्न/गाभिनको लागि अन्तिम समझदारी पत्रमा हस्ताक्षर भएको छ  । दुई बैंकबीच आज अन्तिम सम्झौता भएको हो  ।

समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डूकाअध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन् । दुवै बैंक १:१ को अनुपातमा मर्ज हुन लागेका हुन् । यस अघि दुवै बैंकको संचालक समितिले गाभ्ने/गाभिने (मर्जर) प्रयोजनका लागि मूल्याङ्कन कर्ताबाट प्राप्त चल÷अचल सम्पत्ति दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात १ः१  लाई अनुमोदन गरिसकेका छन् । 

मर्जरपछि बन्ने बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने छ भने अध्यक्षमा चन्द्र ढकाल नै रहने छन् ।  सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने छन् । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले निरन्तरता पाउने छन्।

मर्जर पश्चात् बैंकको कूल पुँजी रु. ५७ अर्ब, चुक्ता पूँजी रु. ३५.७७ अर्ब, कूल निक्षेप रु. ४०० अर्ब, कूल कर्जा रु. ३७९ अर्ब भन्दा बढि पुग्नेछ । मर्जर पछि बन्ने बैंक कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक बन्नेछ ।

२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा ५ वटा क वर्गका वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved