फिफा विश्वकपलाई लक्षित् गर्दै लक्ष्मी बैंकले ल्यायो 'बचत गरौ, च्याम्पियन बनौं' योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2022 | 07:24:38 PM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी बैंकले फिफा विश्व कप २०२२ लाई लक्षित गर्दै ल्याएको छ नयाँ योजना ल्याएको छ । बैंकले “सेभ लाइक अ च्याम्पियन (बचत गरौ, च्याम्पियन बनौं)” योजना ल्याएको हो । 

बैंकले बचतको महत्वलाई उजागर गर्न गोलरक्षकद्वारा फुटबल खेल जित्नलाई गरिने बचाऊ र लगनशीलतापूर्वक व्यक्तिगत तवरमा आफ्नै आर्थिक उपार्जनका लागि गरिने बचतबीच समानता देखाउने उद्देश्यका साथ “सेभ लाइक अ च्याम्पियन (बचत गरों, च्याम्पियन बनौं)” सञ्चालन गर्ने जनाएको हो। यस अभियानले वर्तमानका र भविष्यका दुवै पुस्ताहरुको भविष्य उज्ज्वल बनाउन ‘बचत’ को शक्ति र भावनालाई प्रवद्र्धन एवं प्रोत्साहन गर्ने लक्ष्य लिएको बैंकले उल्लेख गरेको छ । 

बैंकका अनुसार यो अभियान  नोभेम्बर २०, २०२२ देखि डिसेम्बर ३१, २०२२ सम्म संचालन हुनेछ । यस अवधिमा बचत गर्ने निश्चित बचतकर्ताहरुलाई पूर्व स्वीकृत क्रेडिट कार्ड, आजीवन निःशुल्क ग्रीन बैंकिङ्ग प्याकेज (बैंकको मोबाइल बैंकिङ्ग र इन्टरनेट बेैकिंङ्ग, डिम्याट खाता, मेरो शेयर, भाइबर बैंकिङ्ग, इमेल समाधानहरुं) र खुत्रुक्के लगायतका आकर्षक उपहारहरु प्रदान गरिने बैंकले जनाएको छ । बचत खाताका अफरहरुका साथै, ग्राहकहरुले विभिन्न प्रतियोगितामा भाग लिन पनि सक्ने बैंकले उल्लेख गरेको छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved