सानिमा बैंकले सुरु गर्यो विदेशबाट पठाएको पैसा तुरुन्तै भिसा कार्डमा प्राप्त हुने सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2022 | 07:36:35 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि सानिमा भिसा डाइरेक्ट सेवा ल्याएको छ । यो सेवा मार्फत् ग्राहकहरुले विदेशबाट पठाएको पैसा तुरुन्तै प्राप्त गर्न सक्ने बैंकले जानाएको छ ।

बैंकका अनुसार विश्वभरबाट सानिमाको भिसा कार्ड नम्बरमा विभिन्न डिजिटल माध्यमहरू जस्तै इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग र एटीएमबाट सजिलै रकमान्तर गर्न सकिने छ । यो सेवा नविन प्रविद्धि भएकोले विश्वभरबाट सानिमा बैंकको भिसा कार्ड नम्बरमा पैसा प्राप्त गर्ने उपयुक्त बैकल्पिक माध्यम रहेको बैंकले जनाएको छ । उक्त सेवा बैंकले भिसा इन्टरनेशनलसँग सहकार्य गरी प्रदान गरेको र यो सरल, सुरक्षित तथा छरितो सेवा रहेको बैंकले जनाएको छ ।

बैंकले १३० वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved