कार्तिक ३० लाई बैकिङ दिवस मनाउन राष्ट्र बैंक सकारात्मक छ : गभर्नर अधिकारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 16, 2022 | 03:51:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कार्तिक ३० लाई बैकिङ दिवस मनाउन राष्ट्र बैंक सकारात्मक रहेको बताएका छन्। नेपाल बैंकको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले नेपाल बैंक गर्व गर्न लायक बैंक रहेको बैंकको वार्षिकोत्सवको दिन अर्थात् कार्तिक ३० लाई बैकिङ दिवस मनाउन राष्ट्र बैंक सकारात्मक रहेको बताएका हुन् ।

समारोहमा नेपाल बैंकका प्रमुल्ह कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र ट्रेड युनियनका अध्यक्षहरुले समेत नेपाल बैंकको वार्षिकोत्सवको दिनलाई बैकिङ दिवसको रुपमा मनाउन माग गरेका थिए । सोहि मागका बारेमा बोल्दै गभर्नर अधिकारीले यस विषय आफु सकारात्मक रहेको बताएका हुन् ।

गभर्नर अधिकारीले अर्थतन्त्रको अवस्था सुधारोन्मुख रहेको बताउदै आज मात्र राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा त्यो देखिने बताए । उनले गत वर्षभर नै अर्थतन्त्र नै खराब अवस्थामा रहेको र त्यस समय लिइएको नीतिले नै अहिले सुधार देखिन थालेको बताए । अर्थतन्त्र बिग्रन्छ कि भनेर राष्ट्र बैंकले ति नीति नल्याएको भए अहिले बैंक र अर्थतन्त्रको अवस्था अहिले भएको भन्दा धेरै फरक अवस्थामा रहने उनले बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved