मौद्रिक नीतिको समिक्षा आज सार्वजनिक हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 27, 2022 | 05:37:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आज आइतबार मौद्रिक नीतिको समिक्षा गर्ने भएको छ। राष्ट्र बैंकको संचालक समितिको बैठकले पारित गरेपछि आज साँझ ६:३० बजे मौद्रिक नीतिको समिक्षा सार्वजनिक गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण पोखरेलले बताए 

 राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्न लागेको हो

मौद्रिक नीतिको समिक्षा मार्फत आयातमा गरिएको नगद मार्जिन फेरबदल हुने सम्भावना छ । विश्वबैंक , आईएमएफ लगायतका निकायहरुले राष्ट्र बैंकलाई आयातमा गरिएको कडाईलाई पुनर्विचार गर्न दबाब दिदै आएका छन् । आयातमा लगाईएको प्रतिबन्धबारे सरकारले निर्णय गर्ने भएपनि नगद मार्जिन बारे राष्ट्र बैंकले नै निर्णय गर्न सक्ने भएकोले नगद मार्जिन घट्ने वा हट्ने सम्भावना रहेको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved