सर्वोच्चमा गभर्नर महाप्रसाद अधिकारीको मुद्दाको आज पेशी तोकियो, तर 'हेर्न नमिल्ने'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2022 | 12:22:57 PM मा प्रकाशित

laxmi bank

सर्वोच्च अदालतमा विचाराधीन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दाको आज मङ्सिर १९ गते पेशी चढेको छ । पेशी चढेपनि आज सुनुवाई भने हुने छैन ।

आज न्यायधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलाशमा यस मुद्दाको पेशी तोकिएको थियो । तर हेर्न नमिल्ने भन्दै आज यो मुद्दाको सुनुवाई स्थगित भएको छ । न्यायधीश हरिप्रसाद फुयालले नै यस मुद्दामापहिलो सुनुवाई गरेर कारण देखाउ आदेश र अल्पकालीन अन्तरिम आदेश दिएकोले यो मुद्दा हेर्न नमिल्नेमा पुगेको हो ।

यस अघि  असोज २७ गतेको लागि पेशी तोकिएकोमा गभर्नर नेपालमा नभएकोले पेशी स्थगित भएको थियो । त्यस समय गभर्नर अमेरिकामा भएकोले पेसी स्थगित भएको बताईएको छ । संयुक्त राज्य अमेरिकाको वासिङ्टन डि.सी.मा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन गभर्नर अमेरिका गएका थिए ।  

यस मुद्दामा सर्वोच्च अदालतले गभर्नर कै पक्षमा अन्तरिम आदेश जारी गरेको थियो । यस मुद्दामा बैशाख ६ गते न्यायधिश हरि प्रसाद फुयालको एकल इजलाशले गभर्नरलाई निलम्बन गर्ने निर्णयबारे कारण देखाउ आदेश जारी गर्दै  अल्पकालिन अन्तरिम आदेश जारी गरि दुवै पक्षलाई छलफलमा बोलाएको थियो । 

त्यस्तै बैशाख १६ गते न्यायधिश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको संयुक्त इजलाशले बैशाख ६ गतेको एकल इजलासले जारी गरेको अन्तरिम आदेशलाई निरन्तरता दिदै अन्तरिम आदेश जारी गरेको थियो  । अदालतले यस मुद्दाको अन्तिम किनारा नलाग्दासम्म गभर्नरमाथि जाँचबुझ गर्ने निर्णय कार्यान्वयन नगर्नु नगराउनलाई सरकारको नाममा अन्तरिम आदेश दिएको थियो । त्यस्तै गभर्नरलाई पदीय जिम्मेवारी गर्नमा कुनै बाधा नपुर्याउन पनि अदालतले आदेश दिएको थियो  । सोहि आदेश अनुसार गभर्नरले काम गरिरहेका छन्  ।

त्यसपछि भने यो मुद्दा पटक पटक स्थगित हुदै आएको छ भने पेशी तोकिएको बेलामा हेर्न नभ्याईनेमा पर्दै आएको छ । 

सरकारले आफूमाथि गैरकानूनी तरिकाले छानविन समिति गठन गरेर निलम्बन गरेको भन्दै गभर्नर अधिकारीले बैशाख ५ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved