एनआईसी एशिया बैंकका ग्राहकलाई काठमाडौं क्यान्सर सेन्टरमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2023 | 10:24:48 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकका ग्राहकहरूले काठमाडौं क्यान्सर सेन्टरमा उपचार गरी डिजिटल भुक्तानी गर्दा १२ प्रतिशतसम्म छुट पाउने भएका छन् ।बैंकका ग्राहकहरूलाई भक्तपुर स्थित ताथलीमा अवस्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचार गराउँदा विभिन्न सेवाहरूमा १२ प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको बैंकले जनाएको छ ।

 समझदारीपत्रमा यस बैंकका तर्फबाट चिफ लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स श्याम प्रसाद लामिछानेज्यू र सेन्टरका तर्फबाट अध्यक्ष प्रो. डा. अन्जनी कुमार झाले हस्ताक्षर गरेका छन्।  समझदारी अनुसार बैंकमा खाता सञ्चालन गरि मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहकहरू एवं बैंकका कर्मचारीहरूले यो फाइदा उपभोग गर्न सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार यो समझदारीसँगै बैंकको मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) एप तथा कार्ड प्रयोगकर्ताहरूले उक्त सेन्टरमा 3D CRT, IMRT, VMAT, Palliative Care र TBI (Total Body Radiation) उपचारमा ५/५ प्रतिशत छुट एवं अस्पतालले उपलब्ध गराउने अन्य जुनसुकै सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने छन्। साथै, बैंकका कर्मचारीलाई उक्त उपचारहरूमा थप १ प्रतिशत र अन्य जुनसुकै सेवामा थप २ प्रतिशत छुटको व्यवस्था अस्पतालले गरेको बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved