राष्ट्र बैंकले आउँदो जेठ मसान्तसम्मको लागि ऋणीले तिर्नुपर्ने साँवा÷ब्याज भाखा नाघेको १ महिनाभित्र तिरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गर्ने भएको छ ।
राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिको समीक्षा गर्दै २०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा÷ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरिने जनाएको हो ।
‘२०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा/ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरिनेछ’ मौद्रिक नीतिको समीक्षामा भनिएको छ ।