२ करोडसम्म कर्जा लिएका व्यवसायीले असार मसान्तभित्र कर्जाको पुनरसंरचना गर्न पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2023 | 10:50:15 AM मा प्रकाशित

राष्ट्र बैंकले साना तथा मझौला उद्योग–व्यवसायका लागि प्रवाह भएको कर्जाको आउँदो असार मसान्तभित्र पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न पाउने प्रावधान ल्याएको छ । तर, यस्तो सुविधा २ करोडसम्मको कर्जा लिएका उद्योग–व्यवसायले मात्रै पाउने छन् । 

राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत २०७९ पुस मसान्तमा सकृय वर्गमा रहेको २ करोडसम्मको कर्जालाई उद्योग–व्यवसायको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी २०८० असार मसान्तभित्र पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न पाउने व्यवस्था मिलाइने जनाएको हो ।

‘साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भई २०७९ पुस मसान्तमा सकृय वर्गमा रहेको रु।२ करोडसम्मको कर्जालाई उद्योग– व्यवसायको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी २०८० असार मसान्तभित्र पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न पाउने व्यवस्था मिलाइनेछ’ राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा भनेको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved