मौद्रिक नीतिको समीक्षाबारे महासंघले भन्यो, ‘अर्थतन्त्र चलायमान हुन कठिन छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2023 | 06:24:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको समीक्षाबारे मिश्रित धारणा सार्वजनिक गरेको छ । 

समीक्षा मार्पmत साना मझौला उद्योग व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भई २०७९ पुस मसान्तमा सकृय वर्गमा रहेको २ करोडसम्मको कर्जालाई २०८० असार मसान्तभित्र पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न पाउने र २०८० जेष्ठ मसान्तसम्मको लागि ऋणीले भुक्तानी गर्नुपर्ने कर्जाको साँवा÷व्याज दायित्व भाखा नाघेको एक महिना भित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइन व्यवस्थाको महासंघले स्वागत गरेको छ ।

साथै, यी २ व्यवस्था महासंघको सुझाव र आग्रह अनुसार आएको दाबी पनि गर्न भ्याएको छ । यी प्रावधानले अहिलेको जटिल आर्थिक परिस्थितिमा उद्यमी व्यवसायीलाई केहि राहत पुग्ने देखिएको जनाएको छ । 

तर, दुइ करोडको सिमालाई १० करोडसम्म कायम गर्नु उपयुक्त हुने महासंघले सुझाव पनि दिएको छ । 

समीक्षामा ब्याजदर घटाउने ठोस उपाय नदेखिएको महासंघले भनेको छ । यदि ब्याजदर नघट्ने हो भने तत्काल अर्थतन्त्र चलायमान हुन कठिन रहेको महासंघले दोहोर्याएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved