एनआईसीको भ्यालेनटाइन डे अफरः १४ प्रतिशत क्यासब्याक देखि तारे होटलमा डिनरसम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2023 | 11:03:34 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआइसी एसीया बैंकले भ्यालेन्टाइन डे अर्थात ‘फेब्रुअरी १४’ लाई लक्षित गर्दै ‘सेलिब्रेट लभ वीथ एनआइसी एशिया बैंक’ योजना सार्वजनीक गरेको छ। यो योजना बैंकले मोबाइल बैंकिङ्ग एप तथा डेबिट वा क्रेडिट कार्डबाट पहिलो पटक भुक्तानी गर्ने ग्राहकलाई लक्षित गरेर ल्याएको हो ।

२०७९ माघ २८ देखि २०७९ फाल्गुन १ सम्म यो योजना लागु भएको छ। योजना अन्तर्गत रहेर बैंकको मोबाइल बैंकिङ्ग एप तथा डेबिट वा क्रेडिट कार्डबाट विभिन्न मर्चेन्टहरूमा यही बैंकको क्युआर कोड तथा पिओएस मेसिनमा पहिलो पटक कारोबार गर्ने ग्राहकहरूलाई १४ प्रतिशत वा अधिकतम दुईसय सम्म क्यास ब्याक उपलब्ध हुनेछ ।

बैंकले यसरी कारोबार गर्नुहुने मध्ये २० जनालाई फाल्गुन २ अर्थात फेब्रुअरी १४ मातारे होटलमा आफ्नो साथीसँग डिनर गराउने छ। काठमाडौं बाहिर बाट यस योजनामा समावेश भई डिनरको लागि छनौट हुनेहरूलाई पायक पर्ने नजिकैको तारे वा सो सरहको होटलमा आकर्षक डिनर गराउने बैंकले जनाएको छ।

यस योजनामा मोबाइल बैंकिङ्ग एपमार्फत गरिने वालेट लोड, अन्य बैंक वा यसै बैंकको अन्य खातामा रकम स्थानान्तरणलाई मान्यता दिएको छैन । डिजिटल कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले बैंकले ल्याएको यस योजनाबाट ग्राहकलाई भौतिक कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित गर्न योगदानपुग्ने विश्वास बैंकले लिएको छ 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved